तनहुँ म्याग्देका तीन गाउँमा खानेपानी सुविधा | Khabarhub Khabarhub

तनहुँ म्याग्देका तीन गाउँमा खानेपानी सुविधा


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका– ५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब दुई सय घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

सङ्घीय सरकारको तीन करोड रुपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन् ।

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताइन् । घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ । खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले सुनाइन् ।

उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाका अनुसार उक्त आयोजना अन्तर्गत तीनवटा मुहानबाट पानी सङ्कलन गर्न तीनवटा ट्याङ्की निर्माण गरिएको छ । तीमध्ये दुईवटा ५०–५० हजार लिटर र एउटा ७५ हजार लिटर क्षमताको ट्याङ्की रहेको छ । आयोजना पूरा भएसँगै करिब ९ सय जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

म्याग्दे– ५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए । उनकाअनुसार, अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ । विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकोमा अहिले भने उनीहरू घर र व्यवसायिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए । खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ९ : ४३ बजे

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ– नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा

प्रकाश सुपुतको चलाख जवाफ !

काठमाडौं – गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको

बैतडीमा अविरल वर्षा, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम

प्रधानमन्त्री ओलीले आज बेइजिङमा उपराष्ट्रपति चाङ्गसँग भेटवार्ता गर्दै

थियानजिन– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी