काठमाडौं महानगरबाट सीप मेलाका लागि आवेदन माग | Khabarhub Khabarhub

काठमाडौं महानगरबाट सीप मेलाका लागि आवेदन माग


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ ।

यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जानकारी दिए । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य कामपाको छ ।

कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटिमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिएको पनि कामपाले जानकारी दिएको छ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

तालिमका क्षेत्र र विधा
दश वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइनेछ ।

आईसीटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) र यसको प्रयोग (एआई एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुने छन् ।

स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी दुई वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम हुनेछन् ।

गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम हुनेछ ।

हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा तालिम हुनेछ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।

कृषिमा फूलको सजावटसम्बन्धी तालिम हुनेछ । सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : ०९ बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार