काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित | Khabarhub Khabarhub

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लाको १३ तहमध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगर पालिकालाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।

मण्डनदेउपुर नगरलाई एक कार्यक्रमकाबीच नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाइबा तथा जिल्ला खोप समन्वय समितिका संयोजक दीपककुमार गौतमको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।

उक्त नगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने स्थानीय तहमध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । गौतमले नागरिकको सेवामा जनप्रतिनिधि दत्तचित्त रहन सुझाव दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले अबका केही महिनामा जिल्लाका सबै तहलाई यस अभियानमा संलग्न गराइने बताइन् । हाल उक्त नगरमा १५ महिनामुनिका ३५२, १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका एक हजार १०७ जना बालबालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी नगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।

यस्तै, गत वैशाख अन्तिम साता जिल्लाको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकालाई जिल्लामा दोस्रो पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । गाउँपालिकाले जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको जनायो ।

चालु आर्थिक वर्षमा भने नमोबुद्ध नगरलाई गत वैशाख १७ गते जिल्लामा पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो । यस वर्ष तोकिएका उमेर समूहका नगरका ४७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : १७ बजे

स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री शाही

काठमाडौं–  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

काठमाडौं– सरोकारवालाहरूले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन्

‘लेख्ने एउटा गर्ने अर्को’ परम्पराबाट मूक्त हुन अर्थमन्त्रीलाई योगेश भट्टराईको २४ बुँदे सुझाव

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले आ व २०८२–८३ का लागि संसदमा

दोस्रो पशुपति चौलागाईं स्मृति कप सुरु

दोलखा– नेपाली राजनीतिका बामपन्थी नेता स्व. पशुपति चौलागाईंको स्मृतिमा दोस्रो