जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु « Khabarhub

जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ।  प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन्।

प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित  र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : ०३ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।