जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै, ७० लाख बजेट विनियोजन | Khabarhub Khabarhub

जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै, ७० लाख बजेट विनियोजन


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१-८२ मा उक्त घर निर्माण हुने भएका हुन् ।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० वटा दुई कोठे घर निर्माण हुन लागेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए ।

उनले हालसम्म १५ घर निर्माणका लागि सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको छ । कैलालीको भजनी नगरपालिकाका–२, ५, ८ र ९ मा १० र कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका ३ र ७ मा पाँच घर निर्माणको काम सुरु भइसकेको उनले जानकारी दिए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ र १२ मा पाँच घर निर्माण गरिने जनाउँदै उनले लाभग्राहीको नामावली छनोट भइसकेको र छिट्टै निर्माण सम्झौता भएर काम अघि बढ्ने बताए। २० वटा घर निर्माणका लागि प्रदेश सरकारले चालु आवमा ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कैलालीमा प्रतिघर निर्माण लागत अनुमान चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत अनुमान रु चार लाख ९६ हजार २३३ रहेकामा कार्यालयले प्रतिघर निर्माणका लागि तीन लाख ५० हजार उपलब्ध गराउने तथा बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गर्ने उनले जानकारी दिए। उनले चालु आवमै सबै घर निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको बताए।

रासस

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  २ : ०७ बजे

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि