अनियमितता गर्ने १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा | Khabarhub Khabarhub

अनियमितता गर्ने १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२  उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ । कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरूलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो । 

कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए ।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा  रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक,  व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायिक फर्मको अनुगमन ४९९ पटक गरेको थियो । जसमा कार्यालयले विभिन्न शीर्षकमा ४१ लाख १२ हजार ८४० संकलन गरेको छ । 

कार्यालयले गत आवको सोही अवधिमा र  विभिन्न  शीर्षकबाट तीस लाख ६३ हजार २४४ राजस्व संकलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो ।

रासस 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : ४७ बजे

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अर्घाखाँची– आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

तुलसीपुर– तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने

पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, ठूलो जनधनको क्षति

एजेन्सी– भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा

शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै संयुक्त

लेखन, निर्देशन र नृत्यमा अब्बल गम्भीर विष्ट 

काठमाडौं – गम्भीर विष्ट नेपाली चलचित्र, नृत्य र म्युजिक भिडियोको