दासढुङ्गामा मदनआश्रित स्मृतिसभा « Khabarhub

दासढुङ्गामा मदनआश्रित स्मृतिसभा


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुङ्गामा स्मृतिसभा सम्पन्न भएको छ । 

एमाले चितवनको आयोजना र मदनभण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गरेका थिए । दासढुङ्गा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।
 
सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको चर्चा गर्दै उनमा जुनसुकै कुरा बुझाउनसक्ने क्षमता रहेको बताए। 

मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उनले भने, ‘हामीले एक दिन दासढुङ्गामा आएर फूल चढाउँछौँ, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मुली गुमाएको छ ।’
 
एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताए। जीवराजलाई कुशल सङ्गठक हुनुका साथै आदर्श नेता पनि भएको उनको भनाइ छ ।
 
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले जेठ ३ लाई अँध्यारो दिनका रुपमा चित्रण गरे । जीवराजका छोरा डा. सागर न्यौपानेले आजको दिनलाई कालो दिनको सङ्ज्ञा दिँदै षड्यन्त्रपूर्वक देशीविदेशी शक्तिहरूले नेताद्वयको हत्या गरेको बताए।
 
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए । विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा मदन–आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।

रासस

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ३ : ५९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि