लहानको पशुपति माविमा करोडौँ भ्रष्टाचार, अख्तियारले थाल्यो छानबिन | Khabarhub Khabarhub

लहानको पशुपति माविमा करोडौँ भ्रष्टाचार, अख्तियारले थाल्यो छानबिन

कांग्रेस केन्द्रीय सदस्य पद्म नारायण चौधरी अनुसन्धानमा तानिए


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाको लहान नगरपालिका–१ पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यपारीहरुसँग करोडौँ रुपैयाँ असुलेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासले छानबिन थालेका छन् । 

उक्त छानबिनमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्म नारायण चौधरी तानिएका छन् । चौधरी सांसद भएकै बेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत थिए । उनकै कार्यकालमा व्यापारीहरूसँग रकम उठाएको थियो । 

८९ जनासँग व्यापारीहरूसँग व्यवस्थापन समितिको निर्णयको आधारमा विद्यालयले २ देखि ५ लाख सम्म गरेर ५ करोड भन्दा बढी रकम पसलका लागि सटर बनाउन असुलेका गरेका थिए । तर, पैसा उठाएको १२ वर्ष भन्दा बढी बितेपनि हाल सम्म सटर निर्माण गरिएको छैन । विद्यालयको खाताबाट रकम सबै खर्च भइसकेको देखिएको छ । न त सटर बन्यो न व्यापारीले जम्मा गरेको पैसा फिर्ता । त्यही सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासले अनुसन्धान थालेका छन् ।

समान्यतया सामुदायिक विद्यालयले स्थानीय तहको सिफारिसमा तोकिएको बैँकमा खाता खोलेर आर्थिक कारोबार गर्ने गरिन्छ । तर, यस विद्यालयले सम्बन्धित स्थानीय तह लहान नगरपालिकाको सहमति बेगर कुमारी बैँकमा खाता खोलेर सटर भाडामा लगाउने रकम जम्मा गरेको स्रोतले जनाएको छ । त्यसमा खाताबाट पैसा दुरुपयोग गरेका छन् । 

जानकारी अनुसार ०७० को संविधानसभा निर्वाचनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीले एक लजमा तत्कालीन प्रअ परमेश्वर रायलाई बोलाएर ५० लाखको चेक काट्न लगाएका थिए । सापटी स्वरुप चेक काट्न लगाएको पाएपछि प्रअ रायले पनि सापटी स्वरुप ५० लाख भन्दा बढी रकम चलाएको थियो । व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफ्नो चुनावमा त्यो रकम प्रयोग गरेको स्रोतको दाबी छ । 

तत्कालीन प्रअ राय पनि अवकाश पाइसकेका छन् । विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि फेरिएका छन् । अहिलेका अध्यक्ष धिरेन्द्र चौधरी छन् । उनी पनि पद्म नारायण नजिकका भएको स्थानीय अभिभावकको भनाई छ । नयाँ प्रअ र अध्यक्ष आएपनि व्यापारीको समस्या समाधान भएको छैन् ।

अख्तियार बर्दिवास कार्यालयले पहिलो चरणमा लहान नगरपालिकालाई छानबिन गरी कागजात र रायसहित पठाउन पत्र नै काटेका छन् । नगरपालिकाको सूक्ष्म तरिकाले छानबिन र कागजात पठाए व्यापारीले न्याय पाउने र भ्रष्टाचार गर्नेहरू कारवाही पर्ने स्थानीय एक अगुवाले जानकारी गराए ।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ४ : ३८ बजे

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि