हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री शाही « Khabarhub

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री शाही


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठूलो असर भोग्न बाध्य भएको बताएका छन्।

हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रको मन्त्रिस्तरीय बैठकमा उनले हिमालय क्षेत्रको तापक्रम वृद्धिदर विश्वको औसतभन्दा धेरै रहेको उल्लेख गर्दै यसले जनजीवन र पारिस्थितिकीय प्रणाली दुवैलाई गम्भीर असर पारिरहेको बताए। अहिले यस क्षेत्र मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गर्नुपरेको उनको भनाइ थियो । 

मन्त्री शाहीले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूको हिमालयसँग गहिरो आर्थिक, सामाजिक पहिचान, भविष्य जोडिएको बताउँदै हिन्दुकुश–हिमालय एक अत्यन्त संवेदनशील र महत्वपूर्ण विश्वव्यापी पारिस्थितिक प्रणाली भएको उल्लेख गरे। 

मन्त्री शाहीले हाम्रो समृद्धि र सभ्यताका स्रोत पर्वतले अहिले जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिहरूको सामना गर्नुपरेको बताए। यसले गर्दा हिमताल बिस्फोट, पहिरो, खडेरी र अनियमित वर्षा निरन्तर जस्ता भइरहेको उनको भनाइ थियो ।

नदी, हिमनदी र पारिस्थितिक प्रणालीहरू देशको सीमानाले असर नगर्ने भएकाले हाम्रो कार्यक्रमहरू पनि सहकार्यमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस अवसरमा मन्त्री शाहीले हिमाल संरक्षणको अभियानमा विकास साझेदार र सङ्घ संस्थाहरूको भूमिकाको कदर गर्दै यस अभियानमा काठमाडौँमा मुख्यालय रहेको अन्तर-सरकारी संस्था इसिमोडको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले हिमालयन युनिभर्सिटी कन्सोर्टियम, र सीमा पार ल्यान्डस्केप कार्यक्रमहरूलाई उच्च मूल्यांकन गर्दै वैज्ञानिक सहकार्यलाई राजनीतिक प्रतिबद्धतासँग जोड्नुपर्ने समय आएको बताए। नेपाल यस दिशामा प्रविधि, वित्तीय र कूटनीतिक समन्वय गर्ने क्षेत्रीय मञ्च निर्माण गर्न तयार रहेको उनले बताए।

हिन्दुकुश हिमालय क्षेत्र र समग्र पर्वतीय देशहरू यस जलवायु संकटको सामना गर्न नेतृत्वदायी भूमिका खेल्न जरुरी रहेको उनको भनाइ थियो । 

मन्त्री शाहीले सहयोग, सहनशीलता र जलवायु न्यायका लागि हामी सँगै मिलेर हामीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सचिवालय (युएनएफसिसिसी), जैविक विविधता महासन्धि वा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सामूहिक आवाज अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे। 
 

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ५ : २७ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग