समुदाय परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने चिन्ता बढ्दो : मन्त्री पाण्डे | Khabarhub Khabarhub

समुदाय परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने चिन्ता बढ्दो : मन्त्री पाण्डे


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताएका छन् ।

आइतबार, विश्व संग्रालय दिवस २०२५ को अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरे ।

तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उनले बताए ।

मन्त्री पाण्डेले संग्रालयहरू केवल वस्तुहरूको संग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गरे ।

उनले भने, ‘हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उचित सम्मान र चर्चा पाउनुपर्छ। संग्रालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिवद्ध छ।’ 

उनले संग्रालयको महत्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

साथै, काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख समेत गरे ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : २६ बजे

सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर

मुख्यमन्त्रीलाई भेटेर राइडर्सले दिए धन्यवाद

पोखरा– गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र

दैलेख पुगेर प्रचण्डले भने- हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन

दैलेख– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन

भक्तपुर– सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति

विद्यालय शिक्षा विधेयकबारे यस्तो छ उपसमितिको प्रतिवेदन, के के दियो सुझाव ? (पूर्णपाठ)

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय