एमाले उपमहासचिव गुरुङ सम्मानित « Khabarhub

एमाले उपमहासचिव गुरुङ सम्मानित


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् ।

एमाले लमजुङको नवौँ जिल्ला अधिवेशनको प्रथम बैठक समापनका अवसरमा आज उहाँसहित दुई सय १४ जनालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले सम्मान गरेका हुन् ।

राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा भाग लिइ जनताको आवाज संसदमा पु¥याउने र पञ्चायति शासन व्यवस्थाको भण्डाफोर गर्ने पार्टीको नीतिबमोजिम २०४३ सालमा भएको निर्वाचनमा भाग लिएका नेता गुरुङ थोरै मतले पराजित भएका थिए ।

सोही अवसरमा विसं २०४३, २०४९ र २०५४ मा पार्टीको तर्फबाट उम्मेदवार बनेका जिल्लास्थित नेतागणलाई पनि सम्मान गरिएको थियो ।

२०३४ सालदेखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट वक्ताका रूपमा परिचित छन् ।

सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादोन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान गरेको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै