ज्ञानेन्द्र शाहीको आरोप- सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप- सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको भन्दै अहिले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका हुन् । 

राप्रपा युवा संगठनका अध्यक्ष सुजित केसीलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको उनले बताए । संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्दै प्रश्न गरे ।  

उनले संविधानको पालना गर्न नसक्ने व्यक्ति सरकारमा बस्नुको औचित्य नहुने उल्लेख गरे  । त्यस्तै सांसद शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट ज्यान गुमाएका उपेश नेपालीको मृत्यु नभइ हत्या भएको भन्दै घटनाको छानविन गर्दै दोषीलाई कारबाही गर्न माग गरे । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : ३४ बजे

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले

बेनी–दरवाङ सडक खुल्यो

म्याग्दी – धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग