प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह | Khabarhub Khabarhub

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गरेका छन् । 

बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
 
संसद् दोमोदर पौडेल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुननिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे ।
 
सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिवर्तनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको र कृषि उत्पादनको क्षेत्रमा पनि जलवायु परिवर्तनले असर पारेको बताए ।

सांसद दीपकबहादुर सिंहले राप्रपाका युवक सङ्गठनका सभापति सुजित केसीलाई प्रहरीले पक्राउ गरेको हुँदा तत्काल रिहाइका लागि माग गरे।

सांसद दीपा शर्माले आर्थिक वर्ष २०८२/८३ बजेटको तयारी भइरहेको बाँकेका क्षेत्र नं २/३ मा अधुरा विकासका आयोजनामा बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दीलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लामा सडक निर्माणमा सुरु भएपछि जनतामा नयाँ उत्साह जागेको र आवश्यक बजेटका लागि सरकारसँग थप आग्रह गरे ।

सांसद दुर्गा राईले बेलाबेला बिजुली झ्यापझ्याप जाने गरेकोबारेमा जानकारी माग गर्दै भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने १० किमि सडक असाध्यै कठिन भएकाले त्यो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद देवप्रसाद तिमिल्सिनाले देशभरी रहेका मझौला उद्योग धेरै मारमा भएको र मिटर ब्याजभन्दा पनि बढी कर लिएको र हर्जाना तथा ब्याजको छुट दिन आग्रह गरे । 

सांसद ध्रुवबहादुर प्रधानले तानसेन सिमेन्ट उद्योग र लक्ष्मी स्टिल उद्योगले वातावरण प्रदूषण र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको साथै धुँवा, धुलो कृषि उत्पादनमासमेत असर परेको भन्दै उद्योग र वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद नारायणप्रकाश साउदले बजेटले निर्माण गर्दा प्राथमिकताका आधारमा सिमान्तकृत, पछाडि परेका समुदाय र क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा सरकारको ध्यानकर्षण गराए ।
 
सांसद नारायणी शर्माले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई निजीकरण गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरिन् । सांसद पुष्पबहादुर शाहले सुदूरपश्चिम र कर्णालीमा लाभ हुने गरी बेतन जलविद्युत् कर्णालीको सञ्चयकर्ताको ४० प्रतिशत स्थानीयले लगानीमा रहेको आयोजना अलपत्र परेकाले बजेट विनियोजन गर्न माग गरे ।

सांसद प्रतिमा गौतमले मिर्गाैला रोगबाट पीडित ९० प्रतिशत अङ्गदाता नपाएर मृत्यु भएको र आठ हजार बिरामी अङ्गदाताको प्रतिक्षामा बस्नुपरेको उल्लेख गर्दै मानव शरीरको अङ्ग प्र्रत्यारोपण २०७३ पूर्णरुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
 
सांसद प्रेमबहादुर मर्हजनले गैरकानुनी ढङ्गले माटोसहित फूलका बिरुवा ल्याउने गरेको हुँदा नेपाली पुष्प व्यवसायीले मर्कामा पर्ने हुनाले यस्तो कार्य तत्काल रोख्न गृृहमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद बासुदेव घिमिरेले स्थानीय तहमा कतिपय स्थानमा दलगत विभेद गर्ने गरेको देखिएकाले राजनीतिक आधारमा कुनै पनि विभेद नगरी जवाफदेही र निष्पक्ष सेवा प्रदान हुनुपर्ने माग गरे ।

सांसद विन्दाबासिनी कङ्साकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुदको विकासमा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद विनिता कठायतले कर्णालीबाट त्यहाँको मुद्दा पटक–पटक उठाएको भए पनि ध्यान नदिएको र त्यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विमला सुवेदीले सगरमाथा संवादले जलवायु परिर्वतन रोकथामका विषयमा व्यापक छलफल भइरहेको हुँदा जलवायु परिवर्तनबाट नेपाललाई जोगाउन लिएकोे नीतिबारे जानकारी माग गरिन् ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १ : ३४ बजे

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम