भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण « Khabarhub

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।

मूर्ति निर्माणका लागि ४० लाख रुपैयाँ खर्च भइसकेको छ । पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताए । उनका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ । 

नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ । केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्ति एसियाको पहिलो भएको मानिएको छ ।

यस्तै भुइँचालो डाँडालाई धार्मिक एवं पर्यटनको आकर्षक केन्द्र बनाउन ब्रह्माको मूर्ति नजिकै बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय बताउँछन् । बुद्धको मूर्ति भएको स्थानमा ‘थेरापी पार्क’ निर्माण प्रक्रिया पनि थालिएको मोक्तानले जानकारी दिए । 

‘पार्क निर्माणार्थ बागमती प्रदेश सरकारबाट एक करोड ६५ लाख रुपैयाँ बजेट प्राप्त भइसकेको छ, अब थेरापी पार्कको निर्माण थाल्नेछौँ’, उनले भने । यस स्थानमा विस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने उनले उल्लेख गरे । 
 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १ : ४९ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले