पत्रमा हस्ताक्षर नहुँदा राेकियाे रवि र छविको मुद्दामा सुनुवाइ, अदालतले माग्यो कारण « Khabarhub

पत्रमा हस्ताक्षर नहुँदा राेकियाे रवि र छविको मुद्दामा सुनुवाइ, अदालतले माग्यो कारण


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछाने र छविलाल जोशीको पेसीमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखराले आइतबारको सुनुवाइ स्थगित गरेको छ ।

रुपन्देही कारागारमा थुनामा रहेका प्रतिवादी रवि र छविलाई पेसीको जानकारी दिन पठाइएको पत्रमा हस्ताक्षर नभएको उच्च अदालतले उल्लेख गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलाशले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न आदेश दिएको छ ।

‘अदालतबाट पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको कारण सो हस्ताक्षर नभएको हो वा अन्य के व्यहोराबाट हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदनसहितको जानकारी गराउनू’ अदालतको आदेशमा भनिएको छ ।

आदेशमा पेसीको जानकारी प्रतिवादीले बुझेको भए भरपाई पठाउन कारागार कार्यालयलाई आदेश गरेको छ । यस्तै हस्ताक्षर प्राप्त भएपछि मिसिलमा सामेल गर्न अदालतले आदेश गरेको छ ।

अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्रसहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउनसमेत आदेश लिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : २२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि