अहिंसा महोत्सव आगामी भदौमा  « Khabarhub

अहिंसा महोत्सव आगामी भदौमा 


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ ।

आगामी भदौ १२ देखि १४ गते (अगस्ट २८-३०, २०२५) सम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘करुणाले जोड्दछ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ । 

अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको नेपाल शाकाहारी सङ्घका अध्यक्ष कृष्ण गुरुङले बताए । 
  
उनका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकfहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया; साङ्गीतिक प्रस्तुति; योग सत्र; देश विदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान; शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन् ।

महोत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको भन्दै ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष गुरुङले उल्लेख गरे। उनका अनुसार महोत्सवमा शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् । 

सङ्घले यसअघि २०७४ सालमा काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरेको आठौँ एसिया-प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) को सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको जनाएको हो । –रासस

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ६ : १७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि