‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’ « Khabarhub

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले हुम्लाका नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए । 

‘जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बेलामा हुम्लाको नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेका छन्’, उनले भनेका छन्, ‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।’

महासचिव पोखरेलले स्थानान्तरणका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १ : ०२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि