नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन  | Khabarhub Khabarhub

नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन 


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।

समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य रहेका छन् ।उच्चस्तरीय समितिका  पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गरे। समितिलाई ९० दिनको कार्याअवधी दिएको छ  । 

नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ  । 

विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्को हालै बसेको  बैठकले स्वीकृति दिएको थियो । 

उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्तर्गतका ऐन, नियम ,नीति लगायत कानुनी दस्ताबेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने,अन्य देशहरूमा यस सम्बन्धी भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्म अनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ११ बजे

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा