प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित « Khabarhub

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । 

सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । 

त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल भएको थियो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदुपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए । 

उनले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड लगायतमा विधेयक महत्त्वपूर्ण रहेको उल्लेख गरे ।  

विधेयकमा बाँध वा जलाशयको निर्माण गरी आयोजनाको विकास गर्दा त्यस्तो बाँध वा जलाशयबाट माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी तोकिएबमोजिम लाभको गणना र बाँडफाँड गर्नुपर्ने, जलस्रोतको एकीकृत एवं दिगो विकास, उपयोग, संरक्षण र व्यवस्थापनका लागि आयोगको स्थापना गर्ने लगायत उल्लेख छ । सरकारले २०८१ जेष्ठ ३१ गते संसदमा जलस्रोत विधेयक दर्ता गरेको थियो । –रासस

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ०७ बजे

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय