चीनसँग डेनमार्कको ‘खुला’ छलफल « Khabarhub

चीनसँग डेनमार्कको ‘खुला’ छलफल


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताएका छन् । 

विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भनेका छन्, ‘मैले आफ्ना चिनियाँ समकक्षीसँग युक्रेनमा रुसको आक्रामक युद्धमा विश्व समुदायले समस्याग्रस्त बताएको चीनको समर्थनलाई रोक्ने बारेमा स्पष्ट कुराकानी गरेको छु।’

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनको युद्ध रोक्ने ‘विशेष जिम्मेवारी’ रहेको उल्लेख गर्दै उनले मस्कोमा आफ्नो प्रभाव प्रयोग गर्नुको सट्टा युद्ध रोक्न बेइजिङलाई आग्रह गरेको बताए । 

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्डका बारेमा पनि छलफल भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै ग्रीनल्याण्डको नियन्त्रण आवश्यक रहेको बताउँदै यसको सुरक्षाका लागि बल प्रयोग गर्नका लागि वासिङ्टनको प्रस्तावलाई अस्वीकार गरेपछि डेनमार्क र अमेरिकाबीच तनाव बढेको छ ।

‘चीनले ग्रीनल्याण्डको विषयमा डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ,’ वाङ यीले आफ्ना डेनिस समकक्षीसँग भेटका क्रममा बताए । 

डेनमार्कको विदेश मन्त्रालयले पनि लोक्केले ताइवानको जल क्षेत्रमा संयमता देखाउन चीन सरकारलाई अपिल गरेको र यथास्थितिमा एकतर्फी परिवर्तनबाट जोगिनुको महत्वमा जोड दिएको बताएको छ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाउन लोक्कले हालै चीनको भ्रमण गरेका थिए । -रासस

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : १६ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन