चीनसँग डेनमार्कको ‘खुला’ छलफल « Khabarhub

चीनसँग डेनमार्कको ‘खुला’ छलफल


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताएका छन् । 

विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भनेका छन्, ‘मैले आफ्ना चिनियाँ समकक्षीसँग युक्रेनमा रुसको आक्रामक युद्धमा विश्व समुदायले समस्याग्रस्त बताएको चीनको समर्थनलाई रोक्ने बारेमा स्पष्ट कुराकानी गरेको छु।’

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनको युद्ध रोक्ने ‘विशेष जिम्मेवारी’ रहेको उल्लेख गर्दै उनले मस्कोमा आफ्नो प्रभाव प्रयोग गर्नुको सट्टा युद्ध रोक्न बेइजिङलाई आग्रह गरेको बताए । 

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्डका बारेमा पनि छलफल भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै ग्रीनल्याण्डको नियन्त्रण आवश्यक रहेको बताउँदै यसको सुरक्षाका लागि बल प्रयोग गर्नका लागि वासिङ्टनको प्रस्तावलाई अस्वीकार गरेपछि डेनमार्क र अमेरिकाबीच तनाव बढेको छ ।

‘चीनले ग्रीनल्याण्डको विषयमा डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ,’ वाङ यीले आफ्ना डेनिस समकक्षीसँग भेटका क्रममा बताए । 

डेनमार्कको विदेश मन्त्रालयले पनि लोक्केले ताइवानको जल क्षेत्रमा संयमता देखाउन चीन सरकारलाई अपिल गरेको र यथास्थितिमा एकतर्फी परिवर्तनबाट जोगिनुको महत्वमा जोड दिएको बताएको छ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाउन लोक्कले हालै चीनको भ्रमण गरेका थिए । -रासस

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : १६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि