‘पृतनापति ट्रफी– २०८२’ सम्पन्न « Khabarhub

‘पृतनापति ट्रफी– २०८२’ सम्पन्न


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कर्णाली– यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी– २०८२’ प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न ‘पृतनापति ट्रफी’अन्तर्गत विभिन्न विधामा खेलकुद भएका हुन् ।

सोमबार सम्पन्न भलिबल फाइनल खेलमा कालीबहादुर गण प्रथम भएको छ । पहिलो सेट देवीदत्त गणले जितेको थियो । त्यसपछिका खेलमा कालीबहादुर गणले सोझो तीन सेट जितेर प्रथम भएको हो । प्रतियोगितामा देवीदत्त गण उपविजेता बनेको छ ।

उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनुपजङ्ग थापाले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ स्वस्थ खेलाडी उत्पादन गर्दै शारीरिक क्षमता अभिवृद्ध गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स विधामा खेल सञ्चालन गरिएको उत्तरपश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिए ।

प्रतियोगितामा उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जङ्ग थापासहित चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, कर्णाली प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक, श्री नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, श्री उत्तर पश्चिमपृतनाका सहचिफ अफ स्टाफलगायतको उपस्थिति थियो ।

‘पृतनापति ट्रफी’ को समग्र खेल विधामा भएका प्रतियोगितामा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स् भएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल, व्यवस्थापकलगायत करिब तीन सयको सहभागिता रहेको रजौरले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ३६ बजे

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५