नेप्सेमा सामान्य गिरावट, कारोबार कति ?
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ ।
आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा
आर्थिक वर्ष २०८२-८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ ।
आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बजेट बक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।
यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२- ८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसद्मा पेश गरिसकेको छ ।
कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन- काममा ढिलासुस्ती नगर्नुहोस्
आर्थिक समृद्धिको आधार पर्यटन : मन्त्री पाण्डे
संशोधनमा रहेको धितोपत्र ऐनमा प्रोडक थपको माग्दै ब्रोकर एशोसिएसन अर्थ समितिमा
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पदाधिकारीहरू अर्थ समितिमा गएर प्रोडक थपको माग राखेका छन् ।
धितोपत्र ऐन २०६३ को संशोधनको क्रममा रहेको विधेयकमा ब्रोकरलाई प्रोडक थप गर्ने व्यवस्था गर्ने माग गर्दै एशोसिएसनले अर्थ समिति सभापति सन्तोष चालिसेलाई भेटेका हुन् ।

सभापति चालिसेले विधेयकमा हुने छलफलमा ब्रोकरलाई पनि समावेश गराउने बताएको ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
एशोसिएसनले ऐन संशोधनका लागि विभिन्न कुराहरू समेत समेटिएको थियो । उक्त प्रस्तुत सुझावहरूलाई समेटेर धितोपत्र ऐन संशोधन भएमा नेपाली पूँजीबजारलाई आधुनिक र विश्वस्तरीय बनाई सञ्चालन गर्न सकिने विश्वास एशोसिएसनको रहेको बताएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित (तस्बिरहरू)
माइतीघरमा सहकारी पीडितहरूले आज अर्धनग्न प्रदर्शनी गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्तीका लाग राख्दै प्रदर्शनी गरेका हुन् ।
अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यस पटक पुरुषहरू अर्धनग्न भएका हुन् । साथै महिलाहरूले भने थाल ठटाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
झन्डै ४८ लाखको अवैध सामानसहित ट्रक बरामद
बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब
मधेस प्रदेशमा निर्जीवन बीमाबाट दुई अर्ब १५ करोड सङ्कलन
भन्सार शुल्कमा अमेरिकासँग वार्ताका लागि जर्मन मन्त्रीको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (इयु) बाट हुने आयातमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीका अर्थमन्त्री लार्स क्लिङबिलले आइतबार अमेरिकासँग ‘गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् ।

ट्रम्पले शुक्रबार ‘छलफल (इयुसँग) कतै पुगेको छैन’ भन्दै धम्की दिए र जुन १ देखि भन्सार शुल्क लागू हुने बताए।
यदि लगाइयो भने तिनीहरूले वासिङ्टनको हालको आधारभूत १० प्रतिशतको भन्सार शुल्कलाई नाटकीय रूपमा बढाउनेछ र विश्वका दुई आर्थिक महाशक्ति बीच बढ्दो तनावलाई उत्तेजित पार्नेछ ।
क्लिङबिलले बिल्ड अखबारलाई ‘हामीलाई थप उक्साहटको आवश्यकता छैन, तर गम्भीर वार्ता चाहिन्छ’ र आफूले यस विषयमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग कुरा गरेको बताए।
प्रतिक्रिया