‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’ « Khabarhub

‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिकाबारे गम्भीर समीक्षा जरुरी रहेको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गरे ।

उनले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाँडै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्नेसमेत बताएका छन् ।

त्यस्तै उनले पतञ्जलि जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे ।

संवैधानिक निकायले कानुनअनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने पनि उनले बताए ।

त्यस्तै थापाले वर्तमान सरकार गठनका समयमा भएको सहमतिअनुसार संविधन संशोधनसम्बन्धी समिति बनाउन ढिलाइ भएको उल्लेख गरे ।

चाँडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डा टुङ्गो लगाई प्रक्रियामा लैजाने उनले बताएका छन् ।

महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्टी सदस्यता लगायत विषयहरूमा काम गरिरहेको बता

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ३ : ०२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ