काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ | Khabarhub Khabarhub

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका-५ घर भई हाल झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । 

काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उनले जानकारी दिए ।

भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिए ।

प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उनको भनाइ छ ।

प्रहरीका अनुसार विभिन्न दरका पाँच लाख ३० हजार ६८० रुपैयाँ बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ४८ बजे

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क