मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड « Khabarhub

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई द बेष्टु अवार्ड प्रदान गरेको हो ।

अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पारे ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् ।

फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।

फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।

गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न नसकेको मेस्सीले च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेका थिएनन् । तर ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो र मेस्सीको भूमिका त्यसमा महत्वपूर्ण थियो ।

गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका मेस्सीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड बन्न सफल भएका हुन् ।

केही समयअघि बालोन डी’अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो ।

मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् । उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए । उनले रोनालडोलाई उछिनेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ६ : ४४ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’