मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड | Khabarhub Khabarhub

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई द बेष्टु अवार्ड प्रदान गरेको हो ।

अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पारे ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् ।

फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।

फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।

गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न नसकेको मेस्सीले च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेका थिएनन् । तर ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो र मेस्सीको भूमिका त्यसमा महत्वपूर्ण थियो ।

गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका मेस्सीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड बन्न सफल भएका हुन् ।

केही समयअघि बालोन डी’अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो ।

मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् । उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए । उनले रोनालडोलाई उछिनेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ६ : ४४ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति