दुर्घटना हुनुअघि विमानभित्रको त्यो अन्तिम सेल्फी… « Khabarhub

दुर्घटना हुनुअघि विमानभित्रको त्यो अन्तिम सेल्फी…


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बिहीबार लण्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान (एआई १७१) उडेपछि जम्मा दुई मिनेटमै दुर्घटनाग्रस्त भयो। उक्त विमान दुर्घटनामा मृत्यु हुनेहरूमा राजस्थानका १० जना पनि परेका छन्। दुर्घटनामा एउटै परिवारका पाँच जनाको ज्यान गएको छ।

अहमदाबाद विमान दुर्घटनामा बाँसवाडाका बासिन्दा एउटै परिवारका पाँच जना सवार थिए, जसको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तस्बिरमा डा. प्रदीप जोशी, उनकी पत्नी डा. कोनी व्यास र तिनीहरूको तीन जना सन्तान मिराया जोशी, नकुल जोशी, र प्रद्युत जोशी देखिएका छन्। यात्राको क्रममा डा. प्रदीप जोशीले विमानभित्र आफ्नो परिवारसँग खिचेको सेल्फी थियो त्यो । उक्त दुर्घटनामा ती पाँचै जनाको ज्यान गएको हो।

प्रतीक विगत छ वर्षदेखि लन्डनमा बस्दै आएका थिए। सफ्टवेयर व्यवसायी उनी, भारतमै रहेका पत्नी र तीन साना छोराछोरीका लागि विदेशमा उज्वल भविष्य निर्माण गर्ने सपना धेरै समयदेखि देखिरहेका थिए।

वर्षौंको योजना, कागजी प्रक्रिया र धैर्यपछि त्यो सपना पूरा हुने अवस्थामा पुगेको थियो। दुई दिनअघि मात्रै उनकी पत्नी डा. कोमी व्यासले कम्पनीबाट राजीनामा दिएकी थिइन् । उनी एक मेडिकल पेशाकर्मी हुन् । भारतमा आफ्नो जागिरबाट राजीनामा दिएर उनी पतिसँगै लण्डन जान तयार थिइन् ।

त्यसैले सबै झोलाहरू प्याक गरिएका थिए, बिदाइहरू भएका थिए, भविष्यले अब बेलायतको बाटो हेरेको थियो।

बिहीबार बिहान पाँचैजना आशा, उत्साह र योजना भरिएका मन लिएर एयर इन्डियाको उडान १७१ चढेर लन्डनतर्फ लागे। उड्नुअघि विमानभित्रै एउटा सेल्फी खिचे, आफन्तहरूलाई पठाए। नयाँ जीवन सुरु गर्न उनीहरू एकतर्फी यात्रामा निस्किए तर अब उनीहरू कहिल्यै गन्तव्यमा पुग्ने छैनन् ।

उनीहरू सेल्फी खिचेर उडेको केही बेरमै एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लभ भाइ पटेल विमानस्थलको केही दूरीमा दुर्घटनाग्रस्त भयो। एकजनाबाहेक २४१ जनाले ज्यान गुमाए ।

केही क्षणमै यो सुन्दर परिवारको जीवनभरको सपना खरानीमा परिणत भयो। एउटा कठोर सन्देश, जीवन कति नाजुक छ भन्ने कुराको। तपाईं हामीले बनाएको सबै कुरा, तपाईंले देखेको आशा र सपना, तपाईंले माया गरेको सबै कुरा एक त्यान्द्रो डोरीमा झुन्डिएको हुन्छ। त्यसैले, जबसम्म सकिन्छ बाँच्नुहोस्, माया गर्नुहोस् । खुशीलाई पर्खेर बसौँला भन्ने सोच पनस राख्नु हुँदैन। हरेक क्षण रमाउनुस्, किनभने जीवन अनिश्चयको एउटा गन्तव्य हो।

याे पनि…

एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ?

विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : ५८ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय