सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक | Khabarhub Khabarhub

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ ।

यो उपन्यासकार भोजपुरेको नेपालीमा भाषामा लिखित ‘सगरमाथाभन्दा माथि’को अनूदित रुप हो । उपन्यासको अनुवाद भुवन थपलिया र सम्पादन अनुवादक युयुत्सु आरडी शर्माले गरेका छन् ।

कृतिमा नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराइएको छ । साउथ कोलमा भएको एउटा घटनापछि सगरमाथा चढ्न रोक लगाइएका शेर्पाको अस्टे«लिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथाबिना बाँचेको जीवनका बारेमा उपन्यासमा वर्णन गरिएको छ ।

कृतिको लोकसेवा आयोगका पूर्वसदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी, नाति प्रवरराजा मोक्तान र प्रहरराजा मोक्तान, पासाङमाया शेर्पा, कर्मा शेर्पा र साहित्यकार शर्माले संयुक्त रूपमा विमोचन गरे ।

सङ्गीतकर्मी गणेश रसिकको १३औँ पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङ्बोचे गाउँमा जन्मिएका आङ्छोतरे शेर्पा उपन्यासको नायक भएको जनाउँदै आफूले लुक्ला नटेके पनि यसमा शेर्पाहरूको जीवन, सङ्घर्ष, अनुभव र अनुभूतिसँंगै लुक्ला, सगरमाथा आधार शिविर, साउथ कोल र चुचुराको समेत बयान रहेको बताए ।

भोजपुरको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मिएका हिरण्य श्रेष्ठ नै हिरण्य भोजपुरे नामले चिनिन्छन् । (रासस)

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ३२ बजे

इजरायलद्वारा गाजा जान लागेका ४० जहाज रोकी कार्यकर्ताहरू पक्राउ

तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा लगाइएको नाकाबन्दीको प्रवाह नगरी

बीपी राजमार्गमा राति सवारी चलाउन नपाइने

काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको

प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद

देखिन थाल्यो सडकमा चहलपहल

काठमाडौं- नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा

नेपाल मलेसियासँग पराजित

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन