सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा « Khabarhub

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका लागि स्थायी सरकार आवश्यक रहेको बताएका छन् । 

अल्टरनेटिभ फाउन्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘सुशासनको राष्ट्रिय सूचक निर्माणका लागि राष्ट्रिय परामर्श गोष्ठी’मा सभापति खतिवडाले वर्तमान शासन व्यवस्था र राज्यको पद्धति बलियो, पारदर्शी र भरपर्दो बनाउन सके सुशासन कायम हुनसक्ने बताए। 

‘स्थायी सरकार नबन्नु समस्या हो, सुशासनका लागि स्थायी सरकार आवश्यक छ, शासन राम्रो हुनु नै सुशासन हो,’, उनले भने। 

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सुशासनको सन्दर्भमा राजनीतिक दलहरूले मात्रै नभइ आम नेपाली नागरिकले समेत आफ्नो जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

नेकपा (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन समितिका सदस्य मोहिनी ढकालले सुशासन प्रवर्द्धनमा राजनीतिक दलहरूको दृढ संकल्प आवश्यक रहेको बताए। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाउँदै राजनीतिको शुद्धीकरण गरेर सुशासन कायम गर्नुपर्नेमा जोड दिए । 

फाउन्डेशनका अध्यक्ष प्रकाश विकल्पले नेपालमा सुशासनको क्षेत्रमा देखिएका कमजोरीलाई सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि भूमिका निर्वाह गर्न कार्यक्रम आयोजना गरिएको बताए ।  
 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ३३ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको