काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषयलाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै रास्वपाले अहिले वेल घेराउ गरिरहेको छ ।
बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले पार्टीले अघि सारेको माग पूरा नभएसम्म संसद्मा अवरोध जारी रहने बताए ।
‘हाम्रो दलले उठाएको माग पूरा नभएसम्म, गृहमन्त्रीको राजीनामा नआएसम्म, छानबिन समिति गठन नभएसम्म हाम्रो आन्दोलन जारी छ,’ उनले भने । त्यसपछि रास्वपाका सांसदहरू वेल घेराउमा उत्रिएका छन् ।
प्रतिक्रिया