टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए | Khabarhub Khabarhub

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार बुधबार पक्राउ परेका १० मध्ये ८ जना चालक लागु औषधको नशामा थिए।

मंगलबार १२ बजेदेखि ३ बजेसम्म काठमाडौं महानगरपालिका–१४ बल्खुमा गरिएको चेकजाँचमा उक्त खुलासा भएको हो।

स्थानीय सर्वसाधारण र यात्रुहरूको गुनासोको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो र नेपाल प्रहरी अस्पतालसँगको समन्वयमा उनीहरूको चेकजाँच गरिएको थियो।

चेकजाँचमा लागुऔषध सेवन गरेका ८ जना चालकलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सवारी चालकहरू नशामा रहेकाले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सुरक्षामा गम्भीर खतरा देखिएको छ। प्रहरीले चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ।

पक्राउ परेका चालक

  1. प्रदीप बि.क. – उदयपुर, लिमचुङ गाउँपालिका–५; हाल बल्खु, काठमाडौं
  2. सन्तोष नेपाल – बारा, निजगढ नगरपालिका–५; हाल बल्खु, काठमाडौं
  3. धिरज जैसवाल – बारा, गढिमाई नगरपालिका–१०; हाल बल्खु, काठमाडौं
  4. अनुराग कुमार – बारा, पर्सीनी गाउँपालिका–३; हाल बल्खु, काठमाडौं
  5. राम गुरुङ – तनहुँ, बन्दीपुर नगरपालिका–६; हाल बल्खु, काठमाडौं
  6. निलेश संग्रौला – झापा, बेशिनगर नगरपालिका–९; हाल बल्खु, काठमाडौं
  7. विराज कार्की – उदयपुर, रौतामाई गाउँपालिका–५; हाल बल्खु, काठमाडौं
  8. गोमन तामाङ – काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–८; हाल बल्खु, काठमाडौं

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ५६ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा