नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट | Khabarhub Khabarhub

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब ब्याटिङ गरिरहेकाे छ । ११ ओभर खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ८३रन बनाएको छ ।

नेपाल कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की र आरिफ शेखलाई सस्तैमा गुमाएको हो । भुर्तेल पहिलो ओभरमा नै चार रन बनाएर आउट भए । त्यस्तै आशिफले १४, भीमले १२, र आरिफले ५ रन मात्र बनानउ सके । यस्तै कप्तान राेहित पाैडेल २७ रन बनाएर पेभेलियन फर्किएका छन् ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पछ्याइरहेको छ ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए । आजको खेलमा जित हात पार्ने टोलीले सिरिज जित्ने छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : २० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण