बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख « Khabarhub

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ । आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

नगरप्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेका थिए। शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

यस्तै नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रात्रिकालीन व्यवसाय सञ्चालनार्थ सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय गरिने तथा किसान परिचयपत्रलगायत व्यवस्था उल्लेख छ । दाहालको आर्थिक विधेयकमा भने बनेपा नगरमा करको दायरामा नआएका करदाताको हकमा आर्थिक वर्ष २०७४र७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने उल्लेख गरिएको छ ।

बिहीबार धुलिखेल नगरले आफ्नो १७औँ सभामा रु एक अर्ब १८ करोड ४८ लाख ५० हजार बराबरको बजेट पारित गरेको थियो । सो सभामा विनियोजन विधेयक २०८२ का साथै वार्षिक नीति तथा कार्यक्रम २०८२, आर्थिक विधेयक २०८२, धुलिखेल नगरको स्थिति समीक्षा २०८२ र धुलिखेल नगरको लेखा समिति गठन र सञ्चालन नियमावली २०८२, धुलिखेल नगरको जग्गा विकास निर्देशिका २०७८ संशोधन २०८२, धुलिखेल नगरपालिकाको ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ संशोधन २०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : २७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि