साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।
गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएकबो छ ।”
ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएका भिडियोमा समुद्रतटीय शहर प्रैया ग्रान्डेमाथि बेलुनमा आगो लागेपछि जमिनमा खसिरहेको क्षण देखाइएको छ । बेलुन आकाशमा रहेका समय मौसम राम्रो थियो ।
करिब दुई दर्जन यात्रु बोकेको बेलुन दर्जनौं मिटर माथि आकाशबाट जमिनमा बजारिन पुगेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।
एटलान्टिक तटमा रहेको प्रैया ग्रान्डे ब्राजिलको हट एअर बेलु्नको सहायतामा आकाशमा साहसिक यात्रा गर्नका लागि एक लोकप्रिय गन्तव्य हो ।
केही दिनमै देशमा भएको यो दोस्रो घातक बेलुन दुर्घटना हो । एक साताअघि दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन सवारीका क्रममा एक महिलाको मृत्यु भएको थियो ।
प्रतिक्रिया