पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार « Khabarhub

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान हाबी भएका छन्। भारतले पहिलो पारीमा बनाएको ४७१ रनको जवाफमा ब्याटिङ गरेको घरेलु टोली इङ्गल्यान्डले शनिबार दोस्रो दिनको खेल सकिँदा तीन विकेटको क्षतिमा २०९ रनको योगफल खडा गरेको छ।

तेस्रो दिन इङ्गल्यान्डका ओली पोपले १०० रनबाट खेल्न सुरु गर्ने छन्। हेरी ब्रुकलीनले १२ बलको सामना गरे पनि कुनै रन जोड्न सकेनन्। इङ्गल्यान्डका बेन डकेटले ६२ रन जोडे।

भारतका लागि जसप्रित बुमराहले इङ्गल्यान्डका तीन वटै विकेट लिए।

यसअघि भारतले ४७१ रन जोडेको थियो। भारतीय पारीमा तीन ब्याट्सम्यानले शतक प्रहार गरे। कप्तान शुभमन गिलले सर्वाधिक १४७ रन प्रहार गरे। ऋषभ पन्तले १३४ तथा यसस्वी जयसवालले १०१ रन जोडेका हुन्। भारतको तीन र इङ्गल्यान्डको एक गरेर दोस्रो दिनको खेल सकिँदा चार वटा शतक प्रहार भएका हुन्। यो इङ्गल्यान्ड र भारतको टेस्टले केही नयाँ रेकर्ड बनाउने देखिएको छ।

भारतका कप्तान गिलले टेस्ट कप्तानीको डेब्यु खेलमै शतक प्रहार गरेर नयाँ रेकर्ड बनाएका छन्। डेस्टमा भारतको कप्तानी डेब्युमा गिलले बनाएको १४७ रन दोस्रो स्कोर हो। यसअघि सन् १९५१ मा विजय हजारेले १६४ रन बनाएका थिए।

भारतका विकेट किपर ऋषभ पन्तले टेस्टमा शतक प्रहार गरेर महेन्द्रसिंह ध्वनीको रेकर्ड तोडेका छन्। ध्वनीले ६ वटा शतक प्रहार गरेका थिए भने पन्तले सात वटा शतक प्रहारको रेकर्ड बनाएका छन्।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : २२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को