एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित « Khabarhub

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ ।

मलेसियाको युकेएम ओभलमा आइतबार भएको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

उसले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङका क्रममा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो ।

नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकासहित ५५ रन बनाए। अर्का ब्याटर रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाए । उता पराजित सिंगापुरका बलर आकाश तेजाले ३ विकेट र युभान पाण्डेले १ विकेट झारे ।

यसअघि सिंगापुरका लागि कप्तान रियन नायकले ५३ बलमा ९ चौकासहित ५३ रन बनाएका थिए । ओपनर आहान भुधानभामले ३३ बलमा ३८ रन बनाउँदा रोशन अरुन ११ रनमै समेटिए ।

नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट झारे। सचिन भट्टले ३ विकेट लिए। शुभम खनाल र अभय यादवले १-१ विकेट झार्न सफल भए ।

यस जितसँगै नेपालले २ अंक बनाएको छ। नेपाल क्रिकेट संघले गत जेठमा सुर्खेतमा सम्पन्न टीबी साह मेमोरियल यू-१६ राष्ट्रिय प्रतियोगिताका उत्कृष्ट खेलाडीबाट टोली बनाएको थियो ।

जारी प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका छन् । दुई समूहमा विभाजन गरिँदा ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। समूह ‘बी’तर्फ आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई रखिएको छ ।

नेपाल यसअघिका तीन संस्करणमा उपाधि विजेता टोली हो । नेपालले मंगलबार जापानसँग खेल्नेछ । तेस्रो खेलमा आगामी आइतबार इन्डोनेसियासँग खेल्ने तालिका छ । समूह चरणमा अन्तिम खेल नेपालले भुटानविरुद्ध खेल्नेछ ।

समूह चरणअन्तर्गत हरेक समूहबाट शीर्ष दुई देश सेमिफाइनल जानेछन् । यो प्रतियोगिताको फाइनल भिडन्त असार २१ गते हुने तालिका छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : १८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका