एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित « Khabarhub

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ ।

मलेसियाको युकेएम ओभलमा आइतबार भएको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

उसले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङका क्रममा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो ।

नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकासहित ५५ रन बनाए। अर्का ब्याटर रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाए । उता पराजित सिंगापुरका बलर आकाश तेजाले ३ विकेट र युभान पाण्डेले १ विकेट झारे ।

यसअघि सिंगापुरका लागि कप्तान रियन नायकले ५३ बलमा ९ चौकासहित ५३ रन बनाएका थिए । ओपनर आहान भुधानभामले ३३ बलमा ३८ रन बनाउँदा रोशन अरुन ११ रनमै समेटिए ।

नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट झारे। सचिन भट्टले ३ विकेट लिए। शुभम खनाल र अभय यादवले १-१ विकेट झार्न सफल भए ।

यस जितसँगै नेपालले २ अंक बनाएको छ। नेपाल क्रिकेट संघले गत जेठमा सुर्खेतमा सम्पन्न टीबी साह मेमोरियल यू-१६ राष्ट्रिय प्रतियोगिताका उत्कृष्ट खेलाडीबाट टोली बनाएको थियो ।

जारी प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका छन् । दुई समूहमा विभाजन गरिँदा ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। समूह ‘बी’तर्फ आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई रखिएको छ ।

नेपाल यसअघिका तीन संस्करणमा उपाधि विजेता टोली हो । नेपालले मंगलबार जापानसँग खेल्नेछ । तेस्रो खेलमा आगामी आइतबार इन्डोनेसियासँग खेल्ने तालिका छ । समूह चरणमा अन्तिम खेल नेपालले भुटानविरुद्ध खेल्नेछ ।

समूह चरणअन्तर्गत हरेक समूहबाट शीर्ष दुई देश सेमिफाइनल जानेछन् । यो प्रतियोगिताको फाइनल भिडन्त असार २१ गते हुने तालिका छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : १८ बजे

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद

जुम्लामा नौ हजार घरधुरीमा विद्युत्को पहुँच

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहका

कामपामा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यालय आउँदाजाँदा आलोपालो गाडी चलाउने ‘कार पुलिङ’