ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत « Khabarhub

ओलम्पियन दीपक बिष्ट कृष्णपुरका सद्भावना दूत


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा गरेको छ । पालिकाको १७ औँ नगर सभामा उपप्रमुख द्रोपती रानाद्वारा पेश भएको आगामी वर्षको नीति तथा कार्यक्रममा बिष्टलाई सद्भावना दूत बनाउने उल्लेख छ । 

ओलम्पियन बिष्ट कृष्णपुर नगरपालिका–८ का बासिन्दा हुन् । नगरपालिकाको नीति तथा कार्यक्रममा कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र, वडा नम्बर ५ मा पर्ने मोहना चोकमा कोल्ड स्टोर स्थापना गर्ने उल्लेख छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि पूर्वमन्त्री लबरू राना थारुको नाममा ‘लबरू रानाथारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै वडा नम्बर ७ मा दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेशस्तरको टेक्निकल इनिस्ट्च्युट स्थापना गरिने भएको छ । 

नीति तथा कार्यक्रममा नगरपालिकामा तीन वटा रङ्शाला निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन–पाठन र दिवा तथा रात्रिकालीन छात्रावास सञ्चालन गरिने पनि उल्लेख छ ।

नगरपालिकाले १५ शय्याको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाउने, दमकल खरिद गर्ने, शव बाहनको व्यवस्था गर्ने र सामुदायिक विद्यालयका लागि स्कुल बसको व्यवस्था गर्ने पनि योजना अघि सारेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ४३ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध