वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित | Khabarhub Khabarhub

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी भएको छ। भारतको यु-१९ टोलीले इङ्गल्यान्ड यु-१९ टोलीसँगको खेलमा ६ विकेटको जित हात पारेको हो।

शुक्रवार ब्रिज टाउनमा भएको पहिलो एक दिवसीय खेलमा १७५ रनको लक्ष्य पछ्याएको भारत यु-१९ टोलीले १५६ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १७८ रन जोडेको हो।

भारतका लागि स्टार ब्याट्सम्यान वैभवले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४८ रन जोडे। गत आईपीएलमा राजस्थानका लागि केही सानदार पारी खेलेर चर्चामा आएका उनले इङ्लिस बलरविरुद्धमा पाँच छक्का तथा तीन चौका प्रहार गरे। आठौँ ओभरमा आउट भएका उनले कप्तान आयुस महात्रेसँग मिलेर पारीको सुरुवात गरेका थिए। भारतका लागि विकेट किपर ब्याट्सम्यान अविज्ञान कुन्दुले अविजित रहँदै ४५ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ४२.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७४ रन जोडेको थियो। इङ्गल्यान्डका रोक्की फ्लिन्टफले ५६ तथा इसाक मोहम्मदले ४२ रन जोडे। २८ बलको सामना गरेका मोहम्मदले तीन चौका र चार छक्का प्रहार गरे।

भारतका कनिश्क चौहानले १० ओभरमा २० रन खर्चेर तीन विकेट लिए। हनिल पटेल, आर अम्बरिस र मोहम्मद इनामले दुई विकेट हात पारे।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : २० बजे

राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

काठमाडौं– प्रतिपक्षी दुई दल रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार

गृहमन्त्रीलाई राप्रपा सांसदको चेतावनी– धेरै फुर्ति नदेखाउनुस्, भोलि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले भिजिट

रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र

सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं– सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल भएको

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार)