वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित « Khabarhub

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी भएको छ। भारतको यु-१९ टोलीले इङ्गल्यान्ड यु-१९ टोलीसँगको खेलमा ६ विकेटको जित हात पारेको हो।

शुक्रवार ब्रिज टाउनमा भएको पहिलो एक दिवसीय खेलमा १७५ रनको लक्ष्य पछ्याएको भारत यु-१९ टोलीले १५६ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १७८ रन जोडेको हो।

भारतका लागि स्टार ब्याट्सम्यान वैभवले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४८ रन जोडे। गत आईपीएलमा राजस्थानका लागि केही सानदार पारी खेलेर चर्चामा आएका उनले इङ्लिस बलरविरुद्धमा पाँच छक्का तथा तीन चौका प्रहार गरे। आठौँ ओभरमा आउट भएका उनले कप्तान आयुस महात्रेसँग मिलेर पारीको सुरुवात गरेका थिए। भारतका लागि विकेट किपर ब्याट्सम्यान अविज्ञान कुन्दुले अविजित रहँदै ४५ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ४२.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७४ रन जोडेको थियो। इङ्गल्यान्डका रोक्की फ्लिन्टफले ५६ तथा इसाक मोहम्मदले ४२ रन जोडे। २८ बलको सामना गरेका मोहम्मदले तीन चौका र चार छक्का प्रहार गरे।

भारतका कनिश्क चौहानले १० ओभरमा २० रन खर्चेर तीन विकेट लिए। हनिल पटेल, आर अम्बरिस र मोहम्मद इनामले दुई विकेट हात पारे।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ६ : २० बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्