एसीसी यु–१६ : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य | Khabarhub Khabarhub

एसीसी यु–१६ : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २० रन बनाएको छ ।

नेपालका प्रसिद्ध जैसीले सर्वाधिक १३२ रनको योगदान दिए । यस्तै, रोनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोय थापाले ५७, सुगम बुढाथोकीले ३९ तथा रोशन शाहीले १० रन जोडे ।

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरचड्डा, महेन्द्र पर्तामा, रियान रिजाले एक–एक विकेट लिए ।

यसअघिका दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ११ बजे

ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

बुङ्गल हाइड्रोको आईपीओ आउने 

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले

फिल्म ‘सिटमोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष