कप्तानी डेब्यूमै साम्बाको पाँच गोल « Khabarhub

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छिन् । उनी लाओस विरुद्धको खेलमा कप्तानी डेब्यूमै ह्याट्रिक गर्न सफल भएकी हुन् ।

साम्बाले पहिलो हाफमा एउटा गोल गरेकी थिइन् । उनले दोस्रो हाफमा थप चार गोल गर्दै व्यक्तिगत गोलको संख्या पाँच पुर्याएकी थिइन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा साम्बाले पहिलो पटक कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । साम्बा नेपाली महिला फुटबल टोलीकी ११औँ कप्तान हुन् ।

आज भएको उक्त खेलमा लाओसलाई ९–० ले पराजित गर्दै नेपालले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे । जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ५१ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन