कप्तानी डेब्यूमै साम्बाको पाँच गोल | Khabarhub Khabarhub

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छिन् । उनी लाओस विरुद्धको खेलमा कप्तानी डेब्यूमै ह्याट्रिक गर्न सफल भएकी हुन् ।

साम्बाले पहिलो हाफमा एउटा गोल गरेकी थिइन् । उनले दोस्रो हाफमा थप चार गोल गर्दै व्यक्तिगत गोलको संख्या पाँच पुर्याएकी थिइन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा साम्बाले पहिलो पटक कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । साम्बा नेपाली महिला फुटबल टोलीकी ११औँ कप्तान हुन् ।

आज भएको उक्त खेलमा लाओसलाई ९–० ले पराजित गर्दै नेपालले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे । जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ५१ बजे

भोजपुरमा ट्रयाक्टर दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

काठमाडौं– भोजपुरको षडानन्द नगरपालिका-४ मा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा दुई

माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ 

काठमाडौं– नेकपा-माओवादी केन्द्र)को शनिबार बसेको सचिवालय बैठकमा पार्टी नेता जनार्दन

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपाका नेताहरू पनि सहभागी हुने

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू

काठमाडौं– राजनीतिक दलका नेताहरूले सरकार, जेन-जी र राजनीतिक दलबीचको त्रिपक्षीय

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

पोखरा– नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली