मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल | Khabarhub Khabarhub

मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेसीको क्लब इन्टर मियामीविरुद्ध पेरिस सेन्ट जर्मन (पिएसजी)ले शानदार जित निकालेको छ। पिएसजीले चार गोल गर्दा मेसीको क्लब मियामीले एक गोलसमेत गर्न सकेन।

जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

एटलान्टामा भएको खेलको छैटौँ मिनेटमा नै भिटिन्हाको फ्रिकिकलाई उपयोग गर्दै नेभासले गोल गरेका हुन्। पोर्चुगलका मिडफिल्डर नेभासले ३९ औँ ब्रोडी बाकुलाको सहयोगमा गोल गरेका हुन्।

पहिलो हाफमा पिएसजी थप दुई गोल गर्न सफल भयो। डिजाइर डोउको क्रसलाई रोक्ने प्रयासमा टोकास एभिलेसले आत्मघाती गोल गरे। अस्राफ हाकिमीले अन्तिम गोल गरे।

पराजित मियामी मेसीको उपस्थितिपछि पहिलो पटक क्लब विश्वकपमा पहिलो चरण पार गर्न सफल भएको थियो। क्वार्टर फाइनलमा पिएसजीले वायरन म्युनिखसँग खेल्ने छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ०७ बजे

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्