सिरहामा आँप उत्पादनमा कमी « Khabarhub

सिरहामा आँप उत्पादनमा कमी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ ।

गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार आठ सय ९५ हेक्टर मात्र उत्पादनयोग्य रह्यो । यस वर्ष प्रति हेक्टर ६.६३ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको ११.०२ मेट्रिक टन प्रतिहेक्टर भन्दा निकै कम हो ।

केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार आँप उत्पादनमा गिरावट आउनुको मुख्य कारण एक वर्ष प्रशस्त फल लाग्ने र अर्को वर्ष तुलनात्मक रुपमा कम फल लाग्ने प्रकृतिक कारण हो ।

त्यसैगरी, उत्पादनमा कमी हुनुमा सिँचाइको अभाव, समयमै आवश्यक औषधि उपचार नहुनु, र कीराको प्रकोप जस्ता कारण पनि जिम्मेवार रहेको उनको भनाइ छ ।

उत्पादन घटेपछि बजारमा आँपको आपूर्ति घटेको छ, जसले मूल्यमा सामान्य वृद्धि ल्याएको छ । लगानी अनुसार आम्दानी नहुँदा धेरै किसान निराश भएका छन् ।

सिरहा जिल्ला आँप उत्पादनका लागि चर्चित मानिन्छ । उत्पादन घटेसँगै स्थानीय बजार, व्यापारी र फलफूल प्रशोधन केन्द्रमा प्रत्यक्ष असर परेको छ ।

आँप खेतीको उत्पादन चक्रलाई ध्यानमा राखी दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ । सिँचाइ सुविधा, आधुनिक रोग नियन्त्रण प्रविधि, र किसानलाई आँप उत्पादनसम्बन्धी ज्ञानको कमीले प्रत्येक वर्ष उत्पादनमा अस्थिरता देखिन्छ ।

सरकार तथा स्थानीय निकायले आँप उत्पादनलाई प्रोत्साहन दिने नीति र चिस्यान केन्द्रको व्यवस्था गरेमा किसानको मनोबल उच्च रहनुका साथै जिल्लाको आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुग्ने विज्ञहरुको धारणा छ । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ०५ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,