संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा | Khabarhub Khabarhub

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय स्थल बनाउनु पर्नेमा जोड दिएका छन् ।

संसद दिवसको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत उनले संसदीय आचरण, व्यवहार, क्षमता र दक्षतासँग सांसदको मात्र नभइ सम्बन्धित दल र मुलुककै प्रतिष्ठा जोडिने भएकाले यसलाई मर्यादित बनाउन समयमै ध्यान दिनुपर्ने बताएका छन् ।

गत जेठ १२ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा अवरोध गर्दै आएकाेप्रति लक्षित गर्दै उनले संसदमा हुने सबै गतिविधि भावी पुस्ताका लागि शिक्षा हुने भएकाले मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय बनाउनु पर्नेमा जोड दिएका छन् । उनले संसद जनताको सार्वभौम अधिकार सम्पन्न राज्यको सर्वोच्च अङ्ग भएको नबिर्सन पनि आग्रह गरेका छन् । 

उनले भनेका छन्, ‘संसदप्रति मुलुककै प्रतिष्ठा जोडिएको हुन्छ, सम्बन्धित पदाधिकारी, सदस्य, संस्था र दलको बेलैमा ध्यानाकर्षण हुनु जरूरी छ । बानी साह्रै बिग्रिएपछि सच्याउन कठिन हुन्छ ।’

उनले पहिलेका संसदीय गतिविधिमा विवाद, झडपहरू नीतिगत र विषय केन्द्रित हुने गरेको स्मरण गर्दै २०७९ साल पछिको वर्तमान संसद भने अधिकांश असंसदीय, विषयवस्तु विहीन, व्यक्ति विशेष, तथ्यहीन, स्तरहीन गालीगलौच र भ्रमात्मक बहसमा दौडने मैदान बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो अवस्था नागरिक अधिकार रक्षा  र संसदीय व्यवस्थाको उन्नत विकास र अभ्यासका लागि कदापी राम्रो नहुने उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ५१ बजे

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

काठमाडौं– सरोकारवालाहरुले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय