रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित « Khabarhub

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

सोमबार भएको दिवा रात्रि खेलमा भारतले दिएको २९१ रनको लक्ष्य इङ्गल्यान्डले तीन बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गरेको हो।

इङ्गल्यान्डका थोमस रेउले सानदार ब्याटिङ गर्दै ८९ बलमा १३१ रन जोडे। उनको पारीका १६ चौका र ६ छक्का समावेश थियो।

भारतका अम्ब रिसले चार विकेट लिए पनि यसका लागि १० ओभरमा ८० रन खर्चिए। युद्ध जित गाहाले दुई विकेट लिए। हेनिन पटेलले प्रभावकारी बलिङ गर्दै १० ओभरमा २८ रन मात्र खर्चिएर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २९० रन बनाएको थियो। भ्रमणकारी टोली भारतका लागि विहान मलहोत्राले ४८, राहुल कुमारले ४७, कनिश्क चौहानले ४५ तथा वैभव श्रीवास्तवले ४५ रन जोडे। श्रीवास्तवले ३४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे।

इङ्गल्यान्डका एलेक्स फ्रेन्चले १० ओभरमा ७१ रन खर्चेर चार विकेट लिए। उसका लागि ज्याक होम र एलेक्स ग्रिनले समान तीनतीन विकेट लिए।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : १७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी