श्रीलंकाविरुद्ध नेपाल हाबी, पहिलो हाफमै साम्बाको ह्‍याट्रिक « Khabarhub

श्रीलंकाविरुद्ध नेपाल हाबी, पहिलो हाफमै साम्बाको ह्‍याट्रिक


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कासँग खेलिरहेको छ । खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ६-० को फराकिलो अग्रता बनाएको छ । पछिल्लो पटक खेलको ६२ औँ मिनेटमा निशा थोकरले गोल गर्दै अग्रता ६-० मा पुर‍्‍याएकी हुन् ।

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू भएको खेलको पहिलो हाफमै सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् ।

नेपालका लागि अग्रता भने खेलको सातौँ मिनेटमा गीता रानाले दिलाइन् । समूह ‘एफ’ मा रहेको नेपालका लागि खेलको २०, ४२ र ४४ औँ मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् । ६० औं खेलमा साम्बाको त्यो ६४ औं गोल हो।

पहिलो हाफमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक पूरा गर्दा गिता रानाले १ गोल गरेको अवस्थामा दोस्रो हाफमा नेपालले फेरि गोल थप्यो नेपालका लागि गीताले खलेको ५४ औँ मिनेटमा पेनाल्टीबाट गोल गरिन् ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को हार भोगेको थियो।

श्रीलंकाविरूद्ध नेपाल अहिलेसम्मका ८ खेलमा नेपाल अपराजित छ । फिफा वरियतामा नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सय र श्रीलंका १ सय ५९ औं स्थानमा छ।

पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

नेपालले तेस्रो खेल शनिबार उज्वेकिस्तानसँग खेल्ने छ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको पहिलो हाफमा नेपालले ४-० को अग्रता बनाएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ४५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान