श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा, ८-० को फराकिलो जित « Khabarhub

श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा, ८-० को फराकिलो जित


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कालाई ८-० को फराकिलो अन्तरले हराएको छ ।

नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले एक-एक गोल गरे। 

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू भएको खेलको पहिलो हाफमै सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि अग्रता भने खेलको सातौँ मिनेटमा गीता रानाले दिलाइन् । समूह ‘एफ’ मा रहेको नेपालका लागि खेलको २०, ४२ र ४४ औँ मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् । ६० औं खेलमा साम्बाको त्यो ६४ औं गोल हो।

पहिलो हाफमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक पूरा गर्दा गीता रानाले १ गोल गरेको अवस्थामा दोस्रो हाफमा नेपालले ४ गोल थप्यो । नेपालका लागि गीताले खलेको ५४ औँ मिनेटमा पेनाल्टीबाट गोल गरिन् । त्यसपछि ६२ औ‍ँ मिनेटमा निशा थोकर, ७८ मिनेटमा रेखा पौडेल र ८९ औँ मिनेटमा पूजा रानाले गोल गरिन् ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को हार भोगेको थियो।

श्रीलंकाविरूद्ध नेपाल अहिलेसम्मका ८ खेलमा नेपाल अपराजित छ । फिफा वरियतामा नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सय र श्रीलंका १ सय ५९ औं स्थानमा छ।

पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगितामा समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ । नेपालले तेस्रो खेल शनिबार उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : २२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि