परराष्ट्रमन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नर्वेका अन्तर्राष्ट्रिय विकास मामिलामन्त्री डाग इन्डे उल्स्टेन र भेनेज्वेलाका विदेशमन्त्री होर्गे अल्वेर्टो अरेजा मोन्टसेराटसँग भेटवार्ता गरेका छन् ।

नर्वेली मन्त्रीसँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श हुनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।

नेपालमा नर्वेली लगानी आकर्षित गर्ने तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा साझेदारी गर्नेबारेमा पनि दुवै देशका मन्त्रीबीच विचार आदानप्रदान भएको थियो ।

उनीहरूले जलवायु परिवर्तनसहित साझा चासोका अन्य अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी गरेका थिए । यसैगरी भेनेज्वेलाका विदेशमन्त्रीसँगको भेट आपसी चासोका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : २२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट