कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि | Khabarhub Khabarhub

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको पोर्चुगलमा अन्त्येष्टि हुँदैछ। उनीहरूको शव पोर्चुगलको गोन्डुमरमा राखिएको छ।

राष्ट्रपतिसहित देशका थुप्रै परिचित व्यक्तित्व समवेदनाका लागि त्यहाँ पुगेका थिए। जोटाका हजुरबा सहित पारिवारिक सदस्यहरू पनि त्यहीँ भेला भएका छन्। पोर्चुगलका हजारौँ स्थानीयहरू त्यहाँ उपस्थित भएका छन्।
पोर्चुगलको राष्ट्रिय झन्डा बोकेर उनका समर्थकहरू अन्तिम बिदाका लागि यस स्थानमा गइरहेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रुबेलो डे सोसा, प्रधानमन्त्री लुइस् मोन्टनेग्रो, राष्ट्रिय टिमका होसे माउटिन्हो, डिएगो डालोट, रिकार्डो हालोट र जोटाका एजेन्ट जर्ज मेन्डेस पनि अन्त्येष्टि कार्यक्रममा पुगेका छन्।

सामान्य शल्यक्रिया भएका कारण विमान चढ्न डराएर उनी लिभरपुल कारमा फर्किरहेका थिए। लिभरपुलले उनको निधन क्लबका लागि अपूरणीय क्षति भएको भन्दै समवेदना व्यक्त गरेको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

२८ वर्षीय उनले यसै वर्ष पोर्चुगललाई नेसन्स लिगको उपाधि दिलाएका थिए। साथै उनले लिभरपुललाई इङ्लिस प्रिमियरसिपको उपाधि दिलाएका थिए। एनफिल्डमा पनि समवेदना कार्यक्रम आयोजना भएको थियो। कार्डिफमा बाहिर स्क्रिनमा फोटो राखेर समवेदना व्यक्त गरिएको थियो।

एनफिल्डमै आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा पनि उनका हजारौँ समर्थक उपस्थित भएका थिए। धेरै उनका समर्थकहरू आफूलाई सम्हाल्न कठिन भइरहेको बताएका छन्। लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले आफू केही बोल्न नै नसक्ने अवस्थामा रहेको बताए।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : २५ बजे

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।