कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि « Khabarhub

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको पोर्चुगलमा अन्त्येष्टि हुँदैछ। उनीहरूको शव पोर्चुगलको गोन्डुमरमा राखिएको छ।

राष्ट्रपतिसहित देशका थुप्रै परिचित व्यक्तित्व समवेदनाका लागि त्यहाँ पुगेका थिए। जोटाका हजुरबा सहित पारिवारिक सदस्यहरू पनि त्यहीँ भेला भएका छन्। पोर्चुगलका हजारौँ स्थानीयहरू त्यहाँ उपस्थित भएका छन्।
पोर्चुगलको राष्ट्रिय झन्डा बोकेर उनका समर्थकहरू अन्तिम बिदाका लागि यस स्थानमा गइरहेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रुबेलो डे सोसा, प्रधानमन्त्री लुइस् मोन्टनेग्रो, राष्ट्रिय टिमका होसे माउटिन्हो, डिएगो डालोट, रिकार्डो हालोट र जोटाका एजेन्ट जर्ज मेन्डेस पनि अन्त्येष्टि कार्यक्रममा पुगेका छन्।

सामान्य शल्यक्रिया भएका कारण विमान चढ्न डराएर उनी लिभरपुल कारमा फर्किरहेका थिए। लिभरपुलले उनको निधन क्लबका लागि अपूरणीय क्षति भएको भन्दै समवेदना व्यक्त गरेको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

२८ वर्षीय उनले यसै वर्ष पोर्चुगललाई नेसन्स लिगको उपाधि दिलाएका थिए। साथै उनले लिभरपुललाई इङ्लिस प्रिमियरसिपको उपाधि दिलाएका थिए। एनफिल्डमा पनि समवेदना कार्यक्रम आयोजना भएको थियो। कार्डिफमा बाहिर स्क्रिनमा फोटो राखेर समवेदना व्यक्त गरिएको थियो।

एनफिल्डमै आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा पनि उनका हजारौँ समर्थक उपस्थित भएका थिए। धेरै उनका समर्थकहरू आफूलाई सम्हाल्न कठिन भइरहेको बताएका छन्। लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले आफू केही बोल्न नै नसक्ने अवस्थामा रहेको बताए।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : २५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने