पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने « Khabarhub

पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ तारिखका दिनदेखि दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली क्लब तथा खेलाडीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

खेलकुदको माध्यमबाट युरोपका नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अरुण राईले जानकारी दिए ।

प्रतियोगिताका विजेताले मेडल, प्रमाणपत्र र उपाधिसहित नगद पाँच हजार युरो हात पार्नेछन् भने उपविजेताले दुई हजार ५०० युरोसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विधागततर्फका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट गरी २० टिमको सहभागिता रहने संयोजक राईले बताए।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ०५ बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले