क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा « Khabarhub

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै हाबी देखिएको पिएसजीले पहिलो २४ मिनेटमा नै तीन गोलको अग्रता लिएको थियो । छैटौँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएको थियो। रियलका रक्षक राउल एसेन्सियाको गल्तीका कारण उनले पहिलो गोल गरेका थिए ।

त्यसको तीन मिनेटपछि नै फ्रान्सेली विङ्गर ओसुमाने डेम्बेलेले अर्को गोल गरे । अक्राफ हाकिमी र डेम्बेले मिलेर बनाएको मुभमा रुइजले तेस्रो गोल गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा गोन्जालो रामोसले पिएसजीका लागि अन्तिम गोल गरे ।

पिएसजीविरुद्ध कमजोर देखिएको रियलले भने एक गोलसमेत फर्काउन सकेन ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ०३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने