स्वीजरल्यान्ड युरो कपको दोस्रो चरणमा « Khabarhub

स्वीजरल्यान्ड युरो कपको दोस्रो चरणमा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोला झेमाइलले इन्जुरी समयमा गरेको गोलसँगै स्वीजरल्यान्डको महिला फुटबल टोली फिनल्यान्डसँग १–१ गोलको बराबरी गर्न सफल भएको छ।

बराबरीसँगै घरेलु टोली स्वीजरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

स्वीजरल्यान्ड बाहिरिने सम्भावना प्रबल देखिएको अवस्थामा वैकल्पिक खेलाडी झेमाइलले नजिकैको दुरीबाट गोल गरेकी हुन्।
खेलको ७९ औँ मिनेटमा नाटालिया कुकाको पेनाल्टी गोलमा फिनल्यान्डले अग्रता लिएको थियो।

पहिलो चरण पार गर्नका लागि स्वीजरल्यान्डको लागि बराबरी पर्याप्त थियो भने फिनल्यान्डलाई जित आवश्यक थियो। समूहमा नर्वे ९ अङ्कसहित पहिलो भयो भने स्वीजरल्यान्ड र फिनल्यान्ड बराबर ४ अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा स्वीजरल्यान्ड दोस्रो भएको हो।

नर्वेले बिहीबार भएको खेलमा आइसल्यान्ड ४-३ ले हरायो। नर्वेका लागि सिग्ना गोउसेट र फ्रिडा मानन दुवैले समान दुई गोल गरे।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ०५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने