स्वीजरल्यान्ड युरो कपको दोस्रो चरणमा « Khabarhub

स्वीजरल्यान्ड युरो कपको दोस्रो चरणमा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोला झेमाइलले इन्जुरी समयमा गरेको गोलसँगै स्वीजरल्यान्डको महिला फुटबल टोली फिनल्यान्डसँग १–१ गोलको बराबरी गर्न सफल भएको छ।

बराबरीसँगै घरेलु टोली स्वीजरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

स्वीजरल्यान्ड बाहिरिने सम्भावना प्रबल देखिएको अवस्थामा वैकल्पिक खेलाडी झेमाइलले नजिकैको दुरीबाट गोल गरेकी हुन्।
खेलको ७९ औँ मिनेटमा नाटालिया कुकाको पेनाल्टी गोलमा फिनल्यान्डले अग्रता लिएको थियो।

पहिलो चरण पार गर्नका लागि स्वीजरल्यान्डको लागि बराबरी पर्याप्त थियो भने फिनल्यान्डलाई जित आवश्यक थियो। समूहमा नर्वे ९ अङ्कसहित पहिलो भयो भने स्वीजरल्यान्ड र फिनल्यान्ड बराबर ४ अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा स्वीजरल्यान्ड दोस्रो भएको हो।

नर्वेले बिहीबार भएको खेलमा आइसल्यान्ड ४-३ ले हरायो। नर्वेका लागि सिग्ना गोउसेट र फ्रिडा मानन दुवैले समान दुई गोल गरे।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ०५ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि